काठमाडौं: ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने अवधि लम्बिएको छ। अब यस फन्डको इकाई खरिदका लागि चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि फागुन १६ गते निष्कासन बन्द हुने भनिएको थियो, तर मागअनुसारको आवेदन नपरेका कारण अवधि थप गरिएको क्यापिटलले जनाएको छ। मागभन्दा धेरै आवेदन परेमा निष्कासन अवधि समाप्त हुने सूचना जारी गर्ने कम्पनीको भनाइ […]
काठमाडौं: ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने अवधि लम्बिएको छ। अब यस फन्डको इकाई खरिदका लागि चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि फागुन १६ गते निष्कासन बन्द हुने भनिएको थियो, तर मागअनुसारको आवेदन नपरेका कारण अवधि थप गरिएको क्यापिटलले जनाएको छ। मागभन्दा धेरै आवेदन परेमा निष्कासन अवधि समाप्त हुने सूचना जारी गर्ने कम्पनीको भनाइ छ।
माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको हो। यसको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ ले १२ करोड इकाई बिक्री खुला गरेको छ। प्रति इकाई १० रुपैयाँको दरले कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई जारी गरिएको छ।
यस योजनाको कुल आकारमध्ये १५% इकाई माछापुच्छ्रे बैंक र १४% इकाई माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछन्। बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरका १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनका लागि राखिएको छ।
उक्त फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.