काठमाडौं: ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने अन्तिम दिन आज चैत ७ गते, बिहीबार हो। लगानीकर्ताले कार्यालय समयभित्र यस फन्डको इकाईमा आवेदन दिन सक्नेछन्। माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको थियो। माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ ले १२ करोड इकाई बिक्री खुला गरेको छ। प्रत्येक इकाईको […]
काठमाडौं: ‘एमबीएल इक्विटी फन्ड’ मा आवेदन दिने अन्तिम दिन आज चैत ७ गते, बिहीबार हो। लगानीकर्ताले कार्यालय समयभित्र यस फन्डको इकाईमा आवेदन दिन सक्नेछन्। माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको थियो।
माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ ले १२ करोड इकाई बिक्री खुला गरेको छ। प्रत्येक इकाईको मूल्य १० रुपैयाँ तोकिएको छ, जसअनुसार कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाई जारी गरिएको हो।
यस योजनाअन्तर्गत, माछापुच्छ्रे बैंकले १५ प्रतिशत तथा माछापुच्छ्रे क्यापिटलले १४ प्रतिशत इकाई खरिद गर्नेछन्। बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिएको छ।
यस म्युचुअल फन्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिन्छ। इच्छुक लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.