काठमाडौं: लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले माघ २१ गतेदेखि ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको बाँकी सेयर लिलामीमा ल्याउन लागेको हो। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्न सक्नेछन्। लिलामीमा सहभागी हुन न्यूनतम १०० कित्ताको आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम म्याद फागुन ५ […]
काठमाडौं: लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले माघ २१ गतेदेखि ४ लाख ९२ हजार ५७७ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको बाँकी सेयर लिलामीमा ल्याउन लागेको हो।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्र पेश गर्न सक्नेछन्। लिलामीमा सहभागी हुन न्यूनतम १०० कित्ताको आवेदन दिनुपर्नेछ। आवेदन दिने अन्तिम म्याद फागुन ५ गतेसम्म तोकिएको छ। यस लिलामीको बिक्री प्रबन्धकको जिम्मा एसबीआई मर्चेन्ट बैंकिङले लिएको छ।
यसअघि, कम्पनीले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म २ करोड ३४ लाख ६८ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्रीका लागि खुला गरेको थियो। तर, सो अवधिमा बिक्री नभएको बाँकी सेयरलाई अब लिलामीमा ल्याइएको हो।
आवेदन एसबीआई मर्चेन्ट बैंकिङको कार्यालय (लेखनाथ मार्ग, ठमेल, काठमाडौं) तथा एलआइसी नेपालको विराटनगर, वीरगञ्ज, काठमाडौं, पोखरा, नेपालगञ्ज, बुटवल, सुर्खेत र धनगढी शाखाहरूबाट दिन सकिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.