काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआईसी) नेपालले १४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ३.८१ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष कम्पनीको नाफा १३ करोड ६६ लाख रुपैयाँ थियो। खुद बीमा शुल्क आम्दानी ९.०५ प्रतिशतले बढेर ९ अर्ब ४० करोड रुपैयाँ पुगेको छ, जबकि लगानी […]
काठमाडौं: चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआईसी) नेपालले १४ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ३.८१ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष कम्पनीको नाफा १३ करोड ६६ लाख रुपैयाँ थियो।
खुद बीमा शुल्क आम्दानी ९.०५ प्रतिशतले बढेर ९ अर्ब ४० करोड रुपैयाँ पुगेको छ, जबकि लगानी तथा कर्जाबाट हुने आम्दानी ९.१६ प्रतिशतले वृद्धि भई ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको बीमा कोष १ खर्ब २० अर्बबाट बढेर १ खर्ब २७ अर्ब नाघेको छ। हाल चुक्ता पुँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ।
खुद नाफा वृद्धि भएसँगै प्रतिसेयर आम्दानी (EPS) ३९ पैसाले बढेर वार्षिक १०.६९ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ २४२.४६ रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.