एलआईसी नेपालले असार ३० गते साधारणसभा गर्ने, १०% बोनस सेयर प्रस्ताव

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले आगामी असार ३० गतेका लागि २३औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११:४५ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद […]

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले आगामी असार ३० गतेका लागि २३औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको असार ४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११:४५ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, सभाबाट अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरण पारित गरिनेछ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण पनि एजेन्डामा समावेश गरिएको छ।

त्यस्तै, सर्वसाधारण सेयरधनी समूहबाट एकजना सञ्चालकको निर्वाचन गरिनेछ भने संस्थापक समूहबाट मनोनयन भएका सञ्चालकको अनुमोदन गरिनेछ। बोनस सेयर वितरणपश्चात पुँजी वृद्धि हुने भएकाले त्यसअनुसार आवश्यक परेमा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १६ गते बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार असार १५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम सेयरधनीहरूले मात्र सभामा सहभागी हुने र लाभांश प्राप्त गर्ने अधिकार प्राप्त गर्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In