एलन मस्कको एकै दिनमा २९ अर्ब डलर गुम्यो, तीन कम्पनीको सेयरमा गिरावट

वाशिङ्टन – अमेरिकी अर्बपति एलन मस्कले एकै दिनमा २९ अर्ब अमेरिकी डलर गुमाएका छन्। उनको स्वामित्वमा रहेका तीन कम्पनीको सेयरमा आएको गिरावटका कारण मस्कको सम्पत्तिमा यो भारी कमी आएको हो। सोमबार मस्कको सामाजिक सञ्जाल ‘एक्स’ को मूल्यमा गिरावट देखियो। साथै, टेस्लाको सेयर १५ प्रतिशतले घट्दा स्पेस एक्स पनि रकेट विस्फोटको घटनापछि सङ्घर्षरत देखियो। यसैबीच, मस्क […]

वाशिङ्टन – अमेरिकी अर्बपति एलन मस्कले एकै दिनमा २९ अर्ब अमेरिकी डलर गुमाएका छन्। उनको स्वामित्वमा रहेका तीन कम्पनीको सेयरमा आएको गिरावटका कारण मस्कको सम्पत्तिमा यो भारी कमी आएको हो।

सोमबार मस्कको सामाजिक सञ्जाल ‘एक्स’ को मूल्यमा गिरावट देखियो। साथै, टेस्लाको सेयर १५ प्रतिशतले घट्दा स्पेस एक्स पनि रकेट विस्फोटको घटनापछि सङ्घर्षरत देखियो।

यसैबीच, मस्क अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थापना गरेको ‘डिपार्टमेन्ट अफ गभर्मन्ट इफिसेन्सी’ (DOGE) को नेतृत्व गरिरहेका छन्। उक्त विभागले अमेरिकाले विभिन्न क्षेत्रमा गर्दै आएको सहयोग कटौती गर्न सिफारिस गरिरहेको छ।

राष्ट्रपति ट्रम्पले मंगलबार मस्कलाई समर्थन जनाउँदै टेस्ला खरिद गर्न तयार रहेको बताएका छन्।

Source : (https://khabarhub.com/2025/12/759394/)

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In