एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

एशियन लाइफ इन्स्योरेन्स लिमिटेड (ALICL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असार १९ गते) रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात् असार २० गते (शुक्रबार) एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यसअनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू आगामी साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त […]

एशियन लाइफ इन्स्योरेन्स लिमिटेड (ALICL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असार १९ गते) रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात् असार २० गते (शुक्रबार) एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।

यसअनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू आगामी साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य रहनेछन्।

कम्पनीले असार ३० गते, सोमबार, बाराको सिमरा स्थित होटल ईच्छामा दिउँसो १ बजे १७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभामा हालको चुक्ता पूँजीको ५.१० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक तर्फबाट ३ जना, सर्वसाधारण तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक मनोनयन गर्ने, र आगामी वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ।

Share Training in Nepal

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In