एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले आजदेखि (असार २५ गते) ४२ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर ४.२ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्दैछ। यो निष्काशनअन्तर्गत कम्पनीले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरले, कुल १ अर्ब […]
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले आजदेखि (असार २५ गते) ४२ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर ४.२ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्दैछ।
यो निष्काशनअन्तर्गत कम्पनीले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरले, कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको शेयर बिक्री गर्दैछ।
हकप्रद शेयरका लागि आवेदन साउन १३ गतेसम्म दिन सकिनेछ। यस प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। जेठ १४ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई ‘IRN A– (Single A Minus)’ रेटिङ्ग प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्छ।
हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा, एशियन लाइफ इन्स्योरेन्सका कार्यालय, र ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्वा सेवा प्रयोग गरी दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ रहेको छ, जुन हकप्रद निष्काशनपछि ४ अर्ब ८२ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.