एशियन लाइफ इन्स्योरेन्सका शेयर लिलाममार्फत बिक्री सुरु

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले आज (भदौ २२ गते) देखि अवितरित हकप्रद शेयर लिलाम प्रक्रियामार्फत बिक्री सुरु गरेको छ। कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेका ३० हजार ३८.५७ कित्ता संस्थापक समूहका र ३ लाख २८ हजार ४७३.९१ कित्ता सर्वसाधारण समूहका शेयर लिलाममा ल्याएको […]

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले आज (भदौ २२ गते) देखि अवितरित हकप्रद शेयर लिलाम प्रक्रियामार्फत बिक्री सुरु गरेको छ। कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेका ३० हजार ३८.५७ कित्ता संस्थापक समूहका र ३ लाख २८ हजार ४७३.९१ कित्ता सर्वसाधारण समूहका शेयर लिलाममा ल्याएको हो। यस शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्यमा बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम संख्यामा भने कुनै सीमा तोकिएको छैन। लिलाम प्रक्रियाको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। साथै लगानीकर्ताले मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा कार्यालयमार्फत समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

Share Training in Kathmandu : Deep Thapa, 9849290806

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In