काठमाडौं : एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य २० करोड ८० लाख रुपैयाँ हुनेछ। यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा चयन गरेको छ। सेयर निष्कासन सम्बन्धी […]
काठमाडौं : एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य २० करोड ८० लाख रुपैयाँ हुनेछ। यसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा चयन गरेको छ।
सेयर निष्कासन सम्बन्धी सम्झौतामा एस.के. इनर्जीका अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका छन्।
एस.के. इनर्जीले भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा पर्ने श्याम खोलाको पानी उपयोग गरी ७.२ मेगावाट क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.