काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १४ लाख ७६ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको छ। कम्पनीको जारी पूँजी ६० करोड रुपैयाँ रहेको छ, जसको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्कासन गरिँदैछ। यसमध्ये, पहिलो चरणमा वैदेशिक […]
काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले १४ लाख ७६ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको छ।
कम्पनीको जारी पूँजी ६० करोड रुपैयाँ रहेको छ, जसको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्कासन गरिँदैछ। यसमध्ये, पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १ लाख ८० हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ।
त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि तथा ९० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएपछि बाँकी रहेका १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो।
सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँको दरमा आवेदन दिन सक्नेछन्, जसका लागि न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। आवेदनको अन्तिम मिति चैत ३ गते तोकिएको छ, तर सो अवधि भित्र सबै सेयर बिक्री नभएमा चैत १२ गतेसम्म म्याद थपिनेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयहरू तथा मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सेयर बजारमा प्रवेश गर्ने पहिलो औषधि कम्पनी हो। कम्पनीको उद्योग चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ मा अवस्थित छ। आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ भने हालसम्म ९७ करोड ५४ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ। कम्पनीको लगानी फिर्ता हुने अनुमानित अवधि ७.१५ वर्ष रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.