ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिने अन्तिम मौका आज

काठमाडौं – ओम मेगाश्री फर्मास्युटिकल्सको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) मा आवेदन दिन आज अन्तिम दिन हो। कम्पनीले फागुन २७ गते सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। आवेदन दिन इच्छुक सर्वसाधारणले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर […]

काठमाडौं – ओम मेगाश्री फर्मास्युटिकल्सको प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) मा आवेदन दिन आज अन्तिम दिन हो। कम्पनीले फागुन २७ गते सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

आवेदन दिन इच्छुक सर्वसाधारणले आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो।

यसमध्ये १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो, जसको बाँडफाँट सम्पन्न भइसकेको छ। साथै, कम्पनीका कर्मचारीका लागि ५४ हजार कित्ता र सामूहिक लगानी कोषका लागि ९० हजार कित्ता शेयर छुट्याइएको छ।

अब बाँकी रहेका १४ लाख ७६ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखाहरू वा सीडीएससीको ‘मेरो शेयर’मार्फत आवेदन दिन सक्नेछन्।

सीडीएससीका अनुसार शनिबार साँझ ५ बजेसम्ममा १६ लाख १८ हजार ९७८ आवेदकले १ करोड ९६ लाख ४३० कित्ता शेयरका लागि आवेदन दिएका छन्, जुन मागभन्दा १३.२८ गुणा बढी हो।

मागभन्दा बढी आवेदन परेकाले यो आईपीओ गोला प्रथाबाट बाँडफाँट गरिनेछ। भाग्यमानी १ लाख ४७ हजार ६०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In