काठमाडौं — ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आज प्रभु क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ। कम्पनीको आईपीओमा कुल १९ लाख ८५ हजार ६६३ जना आवेदकहरूले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका थिए, जुन मागभन्दा १६.०२ गुणा बढी हो। गोलाप्रथामार्फत १ लाख ४७ हजार ६०० जना आवेदकले प्रतिव्यक्ति १० […]
काठमाडौं — ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट आज प्रभु क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ।
कम्पनीको आईपीओमा कुल १९ लाख ८५ हजार ६६३ जना आवेदकहरूले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका थिए, जुन मागभन्दा १६.०२ गुणा बढी हो।
गोलाप्रथामार्फत १ लाख ४७ हजार ६०० जना आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएका थिए, जसमा २ लाख ८ हजार २७८ आवेदनहरू रद्द गरिएको थियो। वैध आवेदन दिएका १८ लाख ४८ हजार २९८ जना आवेदकहरूलाई मात्र गोलाप्रथामा सहभागी गराइएको थियो।
ओम मेगाश्री फर्मास्यूटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
१. बिक्री प्रबन्धकको वेबसाइट : www.prabhucapital.com
2. मेरो शेयरको वेबसाइट : meroshare.cdsc.com.np
3. सीडीएससीको वेबसाइट : iporesult.cdsc.com.np
Share your thoughts to keep the conversation going.
Be the first to comment.