ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म करिब ३ करोड ८४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले १० करोड ४८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने कुल आम्दानी १० करोड ५१ लाख रुपैयाँ पुगेको छ। तर, […]
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म करिब ३ करोड ८४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले १० करोड ४८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने कुल आम्दानी १० करोड ५१ लाख रुपैयाँ पुगेको छ। तर, सोही अवधिमा कम्पनीको कुल खर्च १४ करोड ३५ लाख रुपैयाँ पुगेकाले कम्पनी नोक्सानीमा गएको देखिन्छ।
६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग ७ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने अन्य जगेडा ६ करोड २३ लाख रुपैयाँ रहेको छ। दोस्रो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १२ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ९३ पैसा कायम भएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.