कान्तिपुर फर्मास्युटिकल्सको आईपीओमा एलिट क्यापिटल अन्डरराइटर, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको साधारण सेयर (आईपीओ) बिक्री प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडले सेयर प्रत्याभूति (अन्डरराइटिङ) गर्ने जिम्मा लिएको छ। यस सम्बन्धमा कान्तिपुर फर्मास्युटिकल्स र एलिट क्यापिटलबीच मंगलबार औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतामा कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका हुन्। कम्पनीले कुल १७ करोड रुपैयाँ […]

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको साधारण सेयर (आईपीओ) बिक्री प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडले सेयर प्रत्याभूति (अन्डरराइटिङ) गर्ने जिम्मा लिएको छ। यस सम्बन्धमा कान्तिपुर फर्मास्युटिकल्स र एलिट क्यापिटलबीच मंगलबार औपचारिक सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका हुन्।

कम्पनीले कुल १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ। प्रतिकित्ता १०० अंकित मूल्यमा जारी हुने सेयरका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन समेत पेश गरिसकेको छ।

६३ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले लिएको छ।

सन् २०१८ मा स्थापना भएको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले भेटेरिनरी औषधिको अनुसन्धान, उत्पादन र वितरण गर्दै आएको छ। कम्पनीले आईपीओ मार्फत सर्वसाधारणलाई सेयर बिक्री गर्न लागेको हो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In