केन्द्रीय बैंकद्वारा आज पुनः २५ अर्ब रुपैयाँ निकासी, तरलता अवस्था यथावत्

काठमाडौं: नेपाल राष्ट्र बैंकले मंगलबार बजारबाट २५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो। आज फागुन १३ गते २२ दिन अवधिको निक्षेप संकलन उपकरणका लागि बोलकबोल प्रक्रिया सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो […]

काठमाडौं: नेपाल राष्ट्र बैंकले मंगलबार बजारबाट २५ अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम तान्न लागेको हो।

आज फागुन १३ गते २२ दिन अवधिको निक्षेप संकलन उपकरणका लागि बोलकबोल प्रक्रिया सञ्चालन गरिने केन्द्रीय बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकले बजारमा देखिएको तरलता व्यवस्थापनका लागि निरन्तर रूपमा निक्षेप संकलन उपकरणको प्रयोग गर्दै आएको छ। यस प्रक्रियाअन्तर्गत साँवा तथा ब्याज भुक्तानीको मिति चैत ६ गते तोकिएको छ भने यसको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँको आवेदन दिन सक्नेछन्, भने अधिकतम ५ करोडको गुणात्मक वृद्धि गरी निष्कासित रकम बराबरको माग गर्न सक्ने व्यवस्था गरिएको छ।

4o

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In