काठमाडौं: बजारमा रहेकाे अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार आज (फागुन ११) उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूबाट बोलकबोलमार्फत दिउँसो ३ बजेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले २१ दिनका लागि यो उपकरण प्रयोग गर्न […]
काठमाडौं: बजारमा रहेकाे अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार आज (फागुन ११) उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुनेछ।
बैंक तथा वित्तीय संस्थाहरूबाट बोलकबोलमार्फत दिउँसो ३ बजेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले २१ दिनका लागि यो उपकरण प्रयोग गर्न लागेको हो।
साँवा तथा ब्याज चैत ३ गते भुक्तानी हुने तय गरिएको छ भने यसको ब्याजदर बोलकबोल प्रक्रिया मार्फत निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडका गुणात्मक अंशमा माग गर्न सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.