केन्द्रीय बैंकले आज थप ४० अर्ब तरलता संकलन गर्दै, साढे १ खर्ब अझै फिर्ता गर्न बाँकी

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट आज फेरि ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २२ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो। फागुन ६ गते यस उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ। यसअघि, माघ १५ गते लिएको ४० अर्ब परिपक्क भएसँगै राष्ट्र बैंकले […]

काठमाडौं : नेपाल राष्ट्र बैंकले बजारबाट आज फेरि ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २२ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गर्न लागेको हो। फागुन ६ गते यस उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ। यसअघि, माघ १५ गते लिएको ४० अर्ब परिपक्क भएसँगै राष्ट्र बैंकले सोही परिमाणको नयाँ तरलता तान्ने तयारी गरेको हो।

ब्याजदर स्थिर राख्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। वित्तीय प्रणालीमा तरलता अत्यधिक हुँदा ब्याजदर घट्ने जोखिम रहन्छ, जसलाई नियन्त्रण गर्न बैंकले लगातार केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आएको छ।

राष्ट्र बैंकका अनुसार, अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेपछि तरलता संकलन गर्न लागिएको हो। यदि ब्याजदर ३ प्रतिशतभन्दा माथि पुगेमा भने केन्द्रीय बैंकले बजारमा तरलता प्रवाह गर्ने नीति अपनाउँछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। संकलित निक्षेपको साँवा र ब्याज फागुन २८ गते भुक्तानी हुनेछ भने ब्याजदर बोलकबोल प्रक्रिया मार्फत निर्धारण गरिनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोडले निःशेष भाग जाने गरी माग गर्न सक्नेछन्।

यसअघि, केन्द्रीय बैंकले फागुन ४ गते पनि ४० अर्ब रुपैयाँको निक्षेप संकलन गरेको थियो। त्यस अवसरमा १२ बैंकले २१ आवेदन मार्फत ३३ अर्ब १५ करोड रुपैयाँ जम्मा गरेका थिए, जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो। चालु आर्थिक वर्षको माघ १५ गतेपछि मात्र राष्ट्र बैंकले ५ पटक निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा उठाइसकेको छ। हालसम्म उठाइएको कुल १ खर्ब ४९ अर्ब ५० करोड रुपैयाँमध्ये अझै फिर्ता हुन बाँकी छ।

 

 

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In