केन्द्रीय बैंकले आज पुनः ४० अर्ब तरलता संकलन गर्दै, अझै २ खर्ब ६ अर्ब ५५ करोड फिर्ता गर्न बाँकी

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न तथा अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झर्न नदिन आज (माघ २० गते) ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ। २१ दिन अवधिको यो निक्षेप संकलन उपकरणको बोलकबोल आज हुने राष्ट्र बैंकले जनाएको छ। यसअघि, गत पुस २८ गते लिएको ४० […]

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न तथा अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झर्न नदिन आज (माघ २० गते) ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ। २१ दिन अवधिको यो निक्षेप संकलन उपकरणको बोलकबोल आज हुने राष्ट्र बैंकले जनाएको छ। यसअघि, गत पुस २८ गते लिएको ४० अर्ब आज परिपक्क भएसँगै राष्ट्र बैंकले फेरि सोही परिमाणको तरलता संकलन गर्न लागेको हो।

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गरिरहेको छ। ब्याजदर ३ प्रतिशतभन्दा तल नझरोस् भनेर केन्द्रीय बैंकले समयसमयमा बजारबाट पैसा झिक्ने गरेको छ। यदि अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि पुग्छ भने राष्ट्र बैंकले पुनः तरलता प्रवाह गर्ने नीति अपनाउँछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। यसको साँवा तथा ब्याज भुक्तानी मिति फागुन ११ गते तोकिएको छ, भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँसम्म आवेदन दिन सक्नेछन्, अधिकतम ५ करोडले निःशेष भाग वितरण गरिनेछ।

यसअघि, राष्ट्र बैंकले माघ १५ गते ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको थियो। जसमा १२ बैंकले २५ आवेदनमार्फत १५ अर्ब ५० करोड रुपैयाँ संकलन गरेका थिए, जसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो।

चालु आर्थिक वर्षको माघ १५ गतेसम्म राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ४४ पटकमा कुल १६ खर्ब ९३ अर्ब २० करोड रुपैयाँ संकलन गरिसकेको छ। जसमा अझै २ खर्ब ६ अर्ब ५५ करोड रुपैयाँ फिर्ता हुन बाँकी छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In