केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ झिक्दै

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न आज पुनः २१ दिनको अवधि रहेको ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ। यसअघि, माघ ६ गते बैंकहरूले राखेको ५५ अर्ब २५ करोड रुपैयाँ बराबरको निक्षेप परिपक्क हुने भएकाले केन्द्रीय बैंकले थप ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने निर्णय गरेको हो। सोही दिन […]

काठमाडौं : नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न आज पुनः २१ दिनको अवधि रहेको ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ। यसअघि, माघ ६ गते बैंकहरूले राखेको ५५ अर्ब २५ करोड रुपैयाँ बराबरको निक्षेप परिपक्क हुने भएकाले केन्द्रीय बैंकले थप ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने निर्णय गरेको हो।

सोही दिन राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ खिच्ने लक्ष्य राखे पनि बैंकहरूले ५५ अर्ब २५ करोड मात्र बुझाएका थिए। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म बोलकबोल प्रक्रियामार्फत आवेदन दिन सक्नेछन्। निक्षेपको साँवा तथा ब्याज फागुन १८ गते भुक्तानी गरिनेछ भने यसको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडले बाँडफाँट हुने गरी माग गर्न सक्नेछन्। यसअघि, गत बुधबार राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ बराबरको २० दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो, तर बैंक तथा वित्तीय संस्थाहरूले जम्मा ११ अर्ब २५ करोड रुपैयाँ मात्र आवेदन दिएका थिए।

माघ महिनामा मात्र राष्ट्र बैंकले सात पटक यस्तो उपकरण जारी गरिसकेको छ। यस प्रक्रियाबाट हालसम्म संकलित १ खर्ब ५९ अर्ब ५० करोड रुपैयाँ परिपक्क हुन बाँकी रहेको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In