कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२.९२% वृद्धि हो। नाफा वृद्धि खुद ब्याज आम्दानी १९.०६% र फी तथा कमिशन आम्दानी १२.२०% बढेकाले सम्भव भएको हो। बैंकको सञ्चालन मुनाफा १०.८६% र कुल सञ्चालन आम्दानी १८.२७% […]
कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२.९२% वृद्धि हो।
नाफा वृद्धि खुद ब्याज आम्दानी १९.०६% र फी तथा कमिशन आम्दानी १२.२०% बढेकाले सम्भव भएको हो। बैंकको सञ्चालन मुनाफा १०.८६% र कुल सञ्चालन आम्दानी १८.२७% बढेको छ।
तर, वितरणयोग्य मुनाफा ३५.५६% घटेको छ। निष्क्रिय कर्जा (NPL) ३.९६% बाट बढेर ४.४१% पुगेको र इम्पेरमेन्ट चार्ज ११ करोड ६ लाख रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्ममा बैंकको EPS रु. २०.४६, नेटवर्थ रु. १५२.३१, र P/E अनुपात २०.१८ गुणा रहेको छ।बैंकको चुक्ता पूँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ।बैंकले ६३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.