कामना सेवा विकास बैंकको ९७ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका

काठमाडौं : कामना सेवा विकास बैंकको ९७ हजार ७९३ कित्ता संस्थापक सेयर लिलामीका लागि आवेदन दिने आज (फागुन २८ गते) अन्तिम दिन हो। इच्छुक आवेदकहरूले कार्यालय समयभित्र मात्र आवेदन दिन सक्नेछन्। यस लिलामी प्रक्रियामा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका साथै अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाहरूले पनि बोलपत्र पेश गर्न सक्नेछन्। संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य […]

काठमाडौं : कामना सेवा विकास बैंकको ९७ हजार ७९३ कित्ता संस्थापक सेयर लिलामीका लागि आवेदन दिने आज (फागुन २८ गते) अन्तिम दिन हो। इच्छुक आवेदकहरूले कार्यालय समयभित्र मात्र आवेदन दिन सक्नेछन्। यस लिलामी प्रक्रियामा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूका साथै अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाहरूले पनि बोलपत्र पेश गर्न सक्नेछन्।

संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ। लगानीकर्ताहरूले सोही मूल्यलाई आधार मानेर लिलामी प्रक्रियामा भाग लिन सक्नेछन्। यस लिलामीको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

आवेदकहरूले प्रभु क्यापिटल, कमलादी, काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ। बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या तथा कबोल गरेको मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In