काठमाडौं: कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३५ लाख कित्ता, अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो। यस सेयरको वार्षिक लाभांश दर ९ प्रतिशत निर्धारण गरिएको छ। सेयर निष्कासनको प्रक्रिया सहज बनाउन बैंकले एनआइएमबि एस क्यापिटललाई निष्कासन तथा […]
काठमाडौं: कामना सेवा विकास बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले प्रति सेयर १ सय रुपैयाँ अंकित मूल्यमा ३५ लाख कित्ता, अर्थात् ३५ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो। यस सेयरको वार्षिक लाभांश दर ९ प्रतिशत निर्धारण गरिएको छ।
सेयर निष्कासनको प्रक्रिया सहज बनाउन बैंकले एनआइएमबि एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र एनआइएमबि एस क्यापिटलका महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन्। बैंकले पूरक पुँजी वृद्धि गर्ने उद्देश्यले यो असञ्चिति अग्राधिकार सेयर जारी गर्न लागेको जानकारी दिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.