कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्ने पहिलो बैंक बनेको छ। बैंकले साउन २ गते नै अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा खुद नाफा ९.१९ प्रतिशतले वृद्धि भएको जनाएको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको […]
कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गर्ने पहिलो बैंक बनेको छ। बैंकले साउन २ गते नै अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा खुद नाफा ९.१९ प्रतिशतले वृद्धि भएको जनाएको छ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो नाफा ५८ करोड १८ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी ५.२५% र फी तथा कमिशन आम्दानी १५.०४% ले बढेको बैंकले जनाएको छ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १.९७% ले वृद्धि भई कुल वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी (EPS) १८ रुपैयाँ १० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ। मूल्य/आम्दानी अनुपात (P/E Ratio) भने २७.६९ गुणामा रहेको छ।
कामना सेवाको चुक्ता पूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ, जगेडा कोष २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा बैंकले ६२ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४९ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.