कुमारी क्यापिटलका ४ म्युचुअल फन्डको पुस महिनामा वित्तीय अवस्था कस्तो रह्यो? सेयर बजारमा कुन फन्डको कति लगानी छ?

काठमाडौं : कुमारी सामूहिक लगानी कोषको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पुस महिनामा अघिल्लो महिनाको तुलनामा घटेको छ। यसमा कुमारी इक्विटी फन्डको न्याभ पुस महिनाको अन्त्यमा २२ पैसाले घटेर १० रुपैयाँ ४५ पैसामा पुगेको छ। मंसिर महिनामा यस फन्डको न्याभ १० रुपैयाँ ६७ पैसा रहेको थियो। पुस महिनासम्म यस […]

काठमाडौं : कुमारी सामूहिक लगानी कोषको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) पुस महिनामा अघिल्लो महिनाको तुलनामा घटेको छ।

यसमा कुमारी इक्विटी फन्डको न्याभ पुस महिनाको अन्त्यमा २२ पैसाले घटेर १० रुपैयाँ ४५ पैसामा पुगेको छ। मंसिर महिनामा यस फन्डको न्याभ १० रुपैयाँ ६७ पैसा रहेको थियो। पुस महिनासम्म यस फन्डको सूचीकृत कम्पनीहरूको सेयरमा लगानी ८० करोड ७७ लाख रुपैयाँबाट घटेर ७७ करोड २० लाख रुपैयाँमा झरेको छ। यस अवधिमा फन्डको बैंक मौज्दात ४ करोड १० लाख रुपैयाँ रहेको छ र ६४ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरिएको छ। पुस महिनासम्म यस फन्डले ४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ, जबकि अघिल्लो महिना यो ६ करोड ६३ लाख रुपैयाँ नाफामा थियो।

कुमारी धनवृद्धि योजनाको न्याभ पुस महिनामा २३ पैसाले घटेर ११ रुपैयाँ ०१ पैसा पुगेको छ। मंसिर महिनामा यस फन्डको न्याभ ११ रुपैयाँ २४ पैसा थियो। यस फन्डको सूचीकृत कम्पनीहरूको सेयरमा लगानी पुस महिनासम्म १ अर्ब ११ लाख रुपैयाँबाट घटेर १ अर्ब ४ करोड रुपैयाँमा आएको छ। यस फन्डको बैंक मौज्दात ९ करोड ४७ लाख रुपैयाँ रहेको छ र ५८ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरिएको छ। पुस महिनासम्म यस फन्डले ५ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ, जबकि अघिल्लो महिना यो ८ करोड ४३ लाख रुपैयाँ नाफामा थियो।

कुमारी सुनौलो लगानी योजनाको न्याभ पुस महिनामा २६ पैसाले घटेर ११ रुपैयाँ २७ पैसा पुगेको छ। मंसिर महिनामा यस फन्डको न्याभ ११ रुपैयाँ ५३ पैसा थियो। यस फन्डको सूचीकृत कम्पनीहरूको सेयरमा लगानी पुस महिनासम्म ४० करोड ११ लाख रुपैयाँबाट घटेर ३७ करोड ९६ लाख रुपैयाँमा आएको छ। यस फन्डको बैंक मौज्दात ६ करोड ८६ लाख रुपैयाँ रहेको छ र ३४ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरिएको छ। पुस महिनासम्म यस फन्डले १ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ, जबकि अघिल्लो महिना यो २ करोड ५७ लाख रुपैयाँ नाफामा थियो।

कुमारी सबल लगानी योजनाको न्याभ पुस महिनामा २४ पैसाले घटेर १० रुपैयाँ ३१ पैसामा झरेको छ। मंसिर महिनामा यस फन्डको न्याभ १० रुपैयाँ ५५ पैसा थियो। यस फन्डको सूचीकृत कम्पनीहरूको सेयरमा लगानी पुस महिनासम्म ७३ करोड १६ लाख रुपैयाँबाट घटेर ६८ करोड ७९ लाख रुपैयाँमा आएको छ। यस फन्डको बैंक मौज्दात ३ करोड ५२ लाख रुपैयाँ रहेको छ र ३८ वटा सूचीकृत कम्पनीको सेयर खरिद गरिएको छ। पुस महिनासम्म यस फन्डमा १ करोड ३८ लाख रुपैयाँ नोक्सान भएको छ, जबकि अघिल्लो महिना यो ४३ लाख ८८ हजार रुपैयाँ नाफामा थियो।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In