काठमाडौं: कुमारी बैंक लिमिटेडको आज (माघ २१ गते) वार्षिक साधारण बैठक आयोजना हुँदैछ। बैठक त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। यस बैठकमा कुनै लाभांश वितरण गर्ने प्रस्ताव छैन। बैठकमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगद प्रवाह विवरण जस्ता विषयमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि […]
काठमाडौं: कुमारी बैंक लिमिटेडको आज (माघ २१ गते) वार्षिक साधारण बैठक आयोजना हुँदैछ। बैठक त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ। यस बैठकमा कुनै लाभांश वितरण गर्ने प्रस्ताव छैन।
बैठकमा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान र नगद प्रवाह विवरण जस्ता विषयमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्दै उनका पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ।
सभा आयोजनाका लागि बैंकले माघ ११ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, माघ १० गतेसम्म सेयर खरिद गरेर कायम रहने सेयरधनीहरू मात्र बैठकमा सहभागी हुन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.