काठमाडौं: कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस सेयर खरिदका लागि बैंकका हालका संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले आज (चैत ३१ गते) देखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको प्रधान कार्यालय टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल, नागपोखरी, काठमाडौंमा दिन सकिनेछ। सेयर […]
काठमाडौं: कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस सेयर खरिदका लागि बैंकका हालका संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरूले आज (चैत ३१ गते) देखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको प्रधान कार्यालय टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल, नागपोखरी, काठमाडौंमा दिन सकिनेछ।
सेयर मूल्य भने बिक्रेताले निर्धारण गरेको मूल्य अनुसार हुने सूचनामा उल्लेख गरिएको छ। तोकिएको समयसीमा भित्र हालका संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा, ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जानकारी गराएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.