काठमाडौं : कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेका ३१ हजार ९२८ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यस सेयर खरिदका लागि बैंकका हाल कायम अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज जेठ २५ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको प्रधान कार्यालय टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी […]
काठमाडौं : कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेका ३१ हजार ९२८ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यस सेयर खरिदका लागि बैंकका हाल कायम अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज जेठ २५ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको प्रधान कार्यालय टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी काठमाडौंमा दिन सकिनेछ।
बिक्रेताले तोकेको मूल्य अनुसार सेयरको मूल्य निर्धारण गरिने बैंकले जनाएको छ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीले सेयर खरिद नगरेमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.