काठमाडौं: कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेका ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा बैंकका वर्तमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (फागुन १२ गते) देखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको नक्साल नागपोखरी, काठमाडौंस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको […]
काठमाडौं: कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेका ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा बैंकका वर्तमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (फागुन १२ गते) देखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको नक्साल नागपोखरी, काठमाडौंस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ।
सेयरको मूल्य बिक्रेताले तोकेको अनुसार हुनेछ भन्ने कुरा सूचनामा उल्लेख गरिएको छ। तोकिएको अवधिमा हाल कायम संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा, अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.