काठमाडौं : कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यस सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरूले आज (वैशाख ९ गते) देखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको प्रधान कार्यालय टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी, काठमाडौंमा बुझाउन सकिनेछ।
सेयरको मूल्य भने बिक्रेताले तोकेको दरमा हुने सूचनामा उल्लेख गरिएको छ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीले सेयर खरिद नगरेमा ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।












Be the first to comment.