काठमाडौं: कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ। यस अन्तर्गत, २ लाख कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्, जबकि बाँकी २ लाख ८७ हजार १२ कित्ता सेयर अन्य व्यक्ति तथा संघ-संस्थाले खरिद गर्न सक्नेछन्। सेयर खरिद गर्न इच्छुकहरूले आज (चैत ५ […]
काठमाडौं: कुमारी बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ८७ हजार १२ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ।
यस अन्तर्गत, २ लाख कित्ता सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्, जबकि बाँकी २ लाख ८७ हजार १२ कित्ता सेयर अन्य व्यक्ति तथा संघ-संस्थाले खरिद गर्न सक्नेछन्।
सेयर खरिद गर्न इच्छुकहरूले आज (चैत ५ गते) बाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ। सेयर मूल्य भने बिक्रेताले तोकेको आधारमा निर्धारण गरिनेछ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.