काठमाडौं : कुमारी बैंकले ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा बैंकका वर्तमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्। संस्थापक सेयरधनीहरूले सेयर खरिद गर्न फागुन २२ गतेदेखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको नक्साल नागपोखरी, काठमाडौंस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ। बिक्रेताले निर्धारण गरेको मूल्यअनुसार सेयर बिक्री गरिनेछ। तोकिएको अवधिभित्र […]
काठमाडौं : कुमारी बैंकले ८१ हजार ८४४ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। यसमा बैंकका वर्तमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन्।
संस्थापक सेयरधनीहरूले सेयर खरिद गर्न फागुन २२ गतेदेखि ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको नक्साल नागपोखरी, काठमाडौंस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ।
बिक्रेताले निर्धारण गरेको मूल्यअनुसार सेयर बिक्री गरिनेछ। तोकिएको अवधिभित्र हालका संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा, अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.