कुमारी सहकारी हिनामिना : जिसस प्रमुखसहित ५ जना पुर्पक्षका लागि थुनामा पठाइए

म्याग्दी : बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा १ अर्बभन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित ५ जना पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत म्याग्दीका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले जिसस प्रमुखसमेत रहेका सहकारीका पूर्वसञ्चालक राजकुमार थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रुद्र गुरुङ, सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य […]

म्याग्दी : बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा १ अर्बभन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित ५ जना पुर्पक्षका लागि थुनामा पठाइएको छ।

जिल्ला अदालत म्याग्दीका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले जिसस प्रमुखसमेत रहेका सहकारीका पूर्वसञ्चालक राजकुमार थापा, पूर्वअध्यक्ष मनप्रसाद थजाली, पूर्वप्रबन्धक रुद्र गुरुङ, सचिव देवी थापा र लेखा समितिका पूर्वसदस्य लोकबहादुर पुन (लोकेश) लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

यसैगरी, अस्पतालमा उपचाररत सहकारीका पूर्वअध्यक्ष थमबहादुर गर्बुजालाई निको भएपछि अदालतमा हाजिर गराउन आदेश गरिएको छ। फरार १९ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ।

सरकारी वकिल कार्यालय म्याग्दीले १ अर्ब १३ करोड बिगो दाबी गर्दै २५ जनाविरुद्ध अभियोगपत्र दर्ता गरेको थियो। सहकारीका सञ्चालकहरूले निक्षेप रकम अनियमित ढंगले बोर्डिङ स्कुल, घरजग्गा र अन्य व्यक्तिगत स्वार्थमा लगानी गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। अदालतले १५ दिनभित्र सहकारी पुनः सञ्चालन गर्न समेत आदेश दिएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In