म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब १३ करोड रुपैयाँ हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ऐन, मनी लाउन्डरिङ निवारण ऐनलगायत विभिन्न कानुनअन्तर्गत अभियोगपत्र पेश गरेको छ। अनुसन्धानअनुसार, प्रमुख आरोपी राजकुमार थापाले १७ करोड ५८ लाख, पूर्वप्रबन्धक रुद्र गुरुङले १३ करोड ५९ […]
म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब १३ करोड रुपैयाँ हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ऐन, मनी लाउन्डरिङ निवारण ऐनलगायत विभिन्न कानुनअन्तर्गत अभियोगपत्र पेश गरेको छ।
अनुसन्धानअनुसार, प्रमुख आरोपी राजकुमार थापाले १७ करोड ५८ लाख, पूर्वप्रबन्धक रुद्र गुरुङले १३ करोड ५९ लाख, अन्य पदाधिकारीहरूले समेत करोडौं रकम हिनामिना गरेको खुलेको छ। पक्राउ परेका ६ जना प्रहरी हिरासतमा छन् भने १९ जना फरार रहेका छन्।
सञ्चालक समितिका पदाधिकारीहरूले सहकारीलाई नियन्त्रणमा राखी अनधिकृत कारोबार, झूटा प्रतिवेदन, निजी सम्पत्ति खरिद, ढुकुटी कारोबार तथा गैरकानुनी कर्जा प्रवाहमार्फत रकम दुरुपयोग गरेको अभियोगपत्रमा उल्लेख छ। आइतबारबाट थुनछेक बहस सुरु हुने छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.