कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी प्रक्रिया पुनः स्थगित गरिएको छ।

काठमाडौं: समस्याग्रस्त घोषित भएपछि नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको कर्णाली डेभलपमेन्ट बैंकले माघ ८ देखि ११ गतेसम्मका लागि निक्षेप भुक्तानी प्रक्रिया स्थगित गरेको छ। बैंकले एक सूचना जारी गर्दै तरलता व्यवस्थापन र नियमित कार्य संचालनका कारण यो निर्णय लिनुपरेको जनाएको छ। नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार तरलता व्यवस्थापनमा केही समय लाग्ने […]

काठमाडौं: समस्याग्रस्त घोषित भएपछि नेपाल राष्ट्र बैंकको नियन्त्रणमा रहेको कर्णाली डेभलपमेन्ट बैंकले माघ ८ देखि ११ गतेसम्मका लागि निक्षेप भुक्तानी प्रक्रिया स्थगित गरेको छ। बैंकले एक सूचना जारी गर्दै तरलता व्यवस्थापन र नियमित कार्य संचालनका कारण यो निर्णय लिनुपरेको जनाएको छ।

नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार तरलता व्यवस्थापनमा केही समय लाग्ने भएकाले अस्थायी रूपमा भुक्तानी रोकिएको हो। तरलता व्यवस्थापन सम्पन्न भएपछि भुक्तानी प्रक्रिया पुनः सुचारु गरिने जानकारी उनले दिएका छन्। बैंकले बिरामी, वृद्ध, र बालबालिकालाई प्राथमिकता दिँदै दैनिक अधिकतम २५ हजार रुपैयाँका दरले ५० जना निक्षेपकर्तालाई भुक्तानी गर्दै आएको छ।

समस्याग्रस्त घोषणापछि राष्ट्र बैंकले गत पुस ११ मा कर्णाली डेभलपमेन्ट बैंकलाई आफ्नो नियन्त्रणमा लिएको थियो। पुस १७ बाट निक्षेप भुक्तानी सुरु भए पनि तरलता व्यवस्थापनको कारणले यसअघि पनि भुक्तानी प्रक्रिया रोकिने अवस्था आएको थियो।

राष्ट्र बैंकले बैंक सञ्चालनका लागि उपनिर्देशक टिकाराम खतिवडाको संयोजकत्वमा ३ सदस्यीय व्यवस्थापन समूह गठन गरेको छ, जसमा उपनिर्देशक विष्णुकुमार विश्वकर्मा र जुगल किशोर कुशवाहा सदस्यका रूपमा छन्।

बैंकको सम्पत्ति र दायित्व मूल्यांकन (डीडीए) गरिनेछ, जसका लागि नेपालगञ्जस्थित डीडीएका लागि दरभाउ माघ १० गतेसम्म पेस गर्न भनिएको छ। बैंकले निक्षेपकर्ताहरूसँग क्रमशः भुक्तानी गर्ने प्राथमिकता राखेर काम गरिरहेको जनाएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In