कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायलाई नेपाल–भारत सिमानाको बेलहिया नाका नजिकबाट नियन्त्रणमा लिएको हो। राय बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा समेत लामो समय कार्यरत थिए। उनीले बचतकर्ताबाट संकलन […]

बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय २५० करोड रुपैयाँभन्दा बढी रकम हिनामिनाको आरोपमा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायलाई नेपाल–भारत सिमानाको बेलहिया नाका नजिकबाट नियन्त्रणमा लिएको हो।

राय बैंकका संस्थापक अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा समेत लामो समय कार्यरत थिए। उनीले बचतकर्ताबाट संकलन गरिएको अढाई खर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सीआईबीले रायलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा पक्राउ गरेको हो। उक्त प्रकरणमा नेपाल राष्ट्र बैंकको समन्वयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

२०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकका राय २०७६ देखि २०७९ सम्म सीईओका रूपमा कार्यरत थिए। सल्यान स्थायी घर भएका राय हाल बाँकेका स्थायी बासिन्दा हुन्।

बैंकमा आर्थिक अनियमितता भएपछि सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित छानबिन समितिले २०७९ पुस ५ गते प्रारम्भिक प्रतिवेदन बुझाएको थियो। समितिले रायसहितका केही व्यक्तिहरूले कम्तीमा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको निष्कर्ष निकाल्दै सम्बन्धित निकायमा अनुसन्धानको सिफारिस गरेको थियो।

उक्त प्रकरणमा बैंकका पूर्व सीईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी तथा हालका सीईओ एवं वित्त विभाग प्रमुख निरजविक्रम शाह समेत अनुसन्धानको दायरामा परेका छन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In