काठमाडौं: क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ। सीडीएसका अनुसार आज (माघ २३ गते) बिहान १०ः०६ बजेसम्म ४४ हजार ८२५ जनाले १२ लाख ३८ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन्, जुन मागभन्दा ५.५० गुणा बढी हो। […]
काठमाडौं: क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन प्राप्त भएको छ। सीडीएसका अनुसार आज (माघ २३ गते) बिहान १०ः०६ बजेसम्म ४४ हजार ८२५ जनाले १२ लाख ३८ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन्, जुन मागभन्दा ५.५० गुणा बढी हो।
क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो, जसमा १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला गरिएको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.