काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुलेको आइपीओमा हालसम्म ४८,१८४ आवेदकबाट १३ लाख ३० हजार १४० कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा ५.९१ गुणा बढी हो। कम्पनीले माघ १५ गतेदेखि २ लाख २५ हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो। आवेदन माघ २९ गतेसम्म दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि […]
काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुलेको आइपीओमा हालसम्म ४८,१८४ आवेदकबाट १३ लाख ३० हजार १४० कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा ५.९१ गुणा बढी हो।
कम्पनीले माघ १५ गतेदेखि २ लाख २५ हजार कित्ता सेयर निष्कासन खुला गरेको थियो। आवेदन माघ २९ गतेसम्म दिन सकिनेछ। न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन मिल्नेछ।
यस आइपीओको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ। कम्पनीले पिछडिएका वर्ग तथा सिमान्तकृत समुदायलाई लक्षित गरी लघु जीवन बीमा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.