काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओको बाँडफाँट सोमबार (फागुन ५ गते) सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका अनुसार, गोलाप्रथामार्फत २२,५०० आवेदकलाई १० कित्ताका दरले कुल २ लाख ५० हजार कित्ता सेयर बाँडफाँट गरिएको छ। वैदेशिक रोजगारीमा रहेका आवेदकहरूले बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले […]
काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आईपीओको बाँडफाँट सोमबार (फागुन ५ गते) सम्पन्न भएको छ। बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका अनुसार, गोलाप्रथामार्फत २२,५०० आवेदकलाई १० कित्ताका दरले कुल २ लाख ५० हजार कित्ता सेयर बाँडफाँट गरिएको छ।
वैदेशिक रोजगारीमा रहेका आवेदकहरूले बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले उपलब्ध गराएको आईपीओ रिजल्ट पोर्टलमार्फत नतिजा हेर्न सक्नेछन्।
यसअघि, कम्पनीले माघ १५ देखि २९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो। सर्वसाधारणका लागि छुट्याइएका कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा १०% अर्थात् २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको थियो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.