क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गर्दैछ। प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको यस आईपीओमा फागुन २६ सम्म आवेदन दिन सकिनेछ, आवश्यकता परे चैत ७ सम्म म्याद थप हुनेछ। कुल २२ लाख ५० हजार कित्तामध्ये, २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री […]
क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गर्दैछ। प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको यस आईपीओमा फागुन २६ सम्म आवेदन दिन सकिनेछ, आवश्यकता परे चैत ७ सम्म म्याद थप हुनेछ।
कुल २२ लाख ५० हजार कित्तामध्ये, २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्री भइसकेको छ। ६७,५०० कित्ता कर्मचारीका लागि, १ लाख १२,५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सी–आस्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत आवेदन दिन सकिन्छ। इक्रा नेपालले यस आईपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ।
कम्पनीले विशेषगरी न्यून आय भएका, पिछडिएका तथा सिमान्तकृत समुदायलाई लक्षित गरी लघु जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। आईपीओ निष्काशनपछि संस्थापकको ७०% र सर्वसाधारणको ३०% स्वामित्व रहनेछ।
बिक्री प्रबन्धक: एनआइएमबी एस क्यापिटल
Share your thoughts to keep the conversation going.
Be the first to comment.