काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको सेयर कारोबार दोस्रो बजारमा बिहीबारदेखि सुरु भएको छ। पहिलो दिन कम्पनीको सेयर प्रतिकित्ता ३०२.५० रुपैयाँमा कारोबार भयो, जुन मूल्यलाई आधार मानेर यसको नियमित कारोबार पनि अघि बढाइएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले क्रेष्टको सेयर कारोबारका लागि न्यूनतम मूल्य १००.८६ रुपैयाँ र अधिकतम ३०२.५८ रुपैयाँको ओपनिङ रेन्ज निर्धारण […]
काठमाडौं : क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडको सेयर कारोबार दोस्रो बजारमा बिहीबारदेखि सुरु भएको छ। पहिलो दिन कम्पनीको सेयर प्रतिकित्ता ३०२.५० रुपैयाँमा कारोबार भयो, जुन मूल्यलाई आधार मानेर यसको नियमित कारोबार पनि अघि बढाइएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले क्रेष्टको सेयर कारोबारका लागि न्यूनतम मूल्य १००.८६ रुपैयाँ र अधिकतम ३०२.५८ रुपैयाँको ओपनिङ रेन्ज निर्धारण गरेको थियो। कारोबार उक्त रेन्जको उच्चतम विन्दुबाट सुरु भएको हो।
नेप्सेमा ‘सीआरइएसटी’ संकेत (टिकर सिम्बोल) अन्तर्गत क्रेष्टको सेयर कारोबार सुरु गरिएको हो। बुधबार कम्पनीका कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएका थिए, जसमा सर्वसाधारण समूहका २२ लाख ५० हजार कित्ता र संस्थापक समूहका ५२ लाख ५० हजार कित्ता सेयर समावेश छन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.