काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)मा १०.४ गुणा बढी आवेदन परेको छ। कम्पनीको आईपीओमा आवेदन दिने आज सोमबार अन्तिम दिन हो। अन्तिम दिनसम्म १५ लाख ९० हजार ५९४ जनाले आवेदन दिएका छन्। कम्पनीले जारी गरेको १८ लाख ४५ हजार कित्ताका लागि १ करोड ९२ लाख ५७ हजार ११० कित्ताका लागि आवेदन परेको […]
काठमाडौं । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)मा १०.४ गुणा बढी आवेदन परेको छ।
कम्पनीको आईपीओमा आवेदन दिने आज सोमबार अन्तिम दिन हो। अन्तिम दिनसम्म १५ लाख ९० हजार ५९४ जनाले आवेदन दिएका छन्। कम्पनीले जारी गरेको १८ लाख ४५ हजार कित्ताका लागि १ करोड ९२ लाख ५७ हजार ११० कित्ताका लागि आवेदन परेको छ।
कम्पनीको आईपीओ अंकित मूल्य १ सय रुपैयाँ दरमा निष्कासन गरिएको हो। इच्छुक लगानीकर्ताहरूले अनलाइन प्रणाली ‘मेरोसेयर’मार्फत सोमबार कार्यालय समयसम्म आवेदन दिन सक्नेछन्। बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले यसबारे जानकारी गराएको हो।
इक्रा नेपालबाट क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले ‘बीबी’ रेटिङ प्राप्त गरेको छ। गत आर्थिक वर्षसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा र प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा रहेको छ। साथै, कम्पनीको सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.