क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै २२ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याउन लागेको हो। कम्पनीले ७५ करोड रुपैयाँको जारी पूँजीको ३० प्रतिशत, अर्थात् २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत, […]
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै २२ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याउन लागेको हो।
कम्पनीले ७५ करोड रुपैयाँको जारी पूँजीको ३० प्रतिशत, अर्थात् २२ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत, अर्थात् २ लाख २५ हजार कित्ता (२ करोड २५ लाख रुपैयाँबराबर) शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारमा रहेका नेपालीहरुले माघ १५ देखि माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबीएस क्यापिटल लिमिटेडले लिएको छ। आवेदन दिनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा कार्यालयहरू र ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म प्रयोग गर्न सकिनेछ।
आईपीओ निष्काशनअघि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई “इक्राएनपी इस्यूअर रेटिङ डबल बी” प्रदान गरेको छ। यो रेटिङले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
यस आईपीओमार्फत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई नेपालको पुँजीबजारमा सहभागी गराउने अवसर प्रदान गर्न खोजिएको छ।
Share your thoughts to keep the conversation going.
Be the first to comment.