क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर (आइपीओ) मंगलबार, चैत ५ गते बाँडफाँट हुने भएको छ। उक्त आइपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा विहान साढे ८ बजे बाँडफाँड हुने जनाइएको छ। कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट […]
क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारण शेयर (आइपीओ) मंगलबार, चैत ५ गते बाँडफाँट हुने भएको छ। उक्त आइपीओ सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा विहान साढे ८ बजे बाँडफाँड हुने जनाइएको छ।
कम्पनीले फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।
उक्त आईपीओमा अन्तिम दिनसम्म २० लाख ४८ हजार ५३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन परेकाले यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउनेछन्।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्कासन गरेको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यसैगरी, कम्पनीका कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।
Share your thoughts to keep the conversation going.
Be the first to comment.