काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज, जेठ २३ गते विहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालय, वीरेन्द्रनगर–६, सुर्खेतमा बस्दैछ। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका आर्थिक विवरणमा छलफल गरिनेछ। साथै, सभाबाट दुईजना सञ्चालक नियुक्ति र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पेश गरिनेछ। तर, यसपटक सभामा लाभांश […]
काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज, जेठ २३ गते विहान ११ बजे कम्पनीको रजिस्टर्ड कार्यालय, वीरेन्द्रनगर–६, सुर्खेतमा बस्दैछ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण, नगद प्रवाह लगायतका आर्थिक विवरणमा छलफल गरिनेछ। साथै, सभाबाट दुईजना सञ्चालक नियुक्ति र लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि पेश गरिनेछ। तर, यसपटक सभामा लाभांश वितरणसम्बन्धी कुनै प्रस्ताव भने प्रस्तुत गरिएको छैन।
सभामा सहभागी हुन कम्पनीले जेठ ९ गते बुक क्लोज गरिसकेको छ। त्यसैले, जेठ ८ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।
Share your thoughts to keep the conversation going.
Be the first to comment.