कालंगा हाइड्रो लिमिटेडको आईपीओ चैत १० गतेदेखि खुल्ने

कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो। स्थानीय बासिन्दाका लागि १४ लाख […]

कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो।

स्थानीय बासिन्दाका लागि १४ लाख कित्ता

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १४ लाख कित्ता शेयर निष्काशन गर्नेछ।

यसअन्तर्गत:

  • ९ लाख १० हजार कित्ता शेयर अति प्रभावित क्षेत्रका बासिन्दाहरूलाई वितरण गरिनेछ। यसमा बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका (वडा नं. ४ र ५), बित्थडचिर गाउँपालिका (वडा नं. ६ र ८), बुंगल नगरपालिका (वडा नं. ३, ४, ५, ६ र ८), बैतडीको डिलासैनी गाउँपालिका (वडा नं. १ र २) तथा दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा समावेश छन्।

  • बाँकी ४ लाख ९० हजार कित्ता शेयर बझाङ, बैतडी र दार्चुलाका प्रभावित तर अति प्रभावित क्षेत्र बाहेकका वडाका स्थायी बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३.५ लाख कित्ता

सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशतले हुन आउने ३ लाख ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिनेछ। यसको कुल रकम ३ करोड ५० लाख रुपैयाँ हुनेछ।

आवेदन सीमा

  • न्यूनतम आवेदन: १० कित्ता

  • अधिकतम आवेदन: २० हजार कित्ता

आवेदन अवधि

  • स्थानीय बासिन्दा:

    • छिटोमा बन्द: चैत २४ गते

    • ढिलोमा बन्द: २०८३ बैशाख ९ गते

  • वैदेशिक रोजगारीमा रहेका नेपाली:

    • छिटोमा बन्द: चैत १५ गते

    • ढिलोमा बन्द: चैत २४ गते

रेटिङ्ग

कम्पनीलाई केयर रेटिङ्ग नेपालले CARE-NP Double B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

आयोजना विवरण

कम्पनीले १५.३३ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।

  • कुल लागत: ४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ

  • प्रतिमेगावाट लागत: करिब २८ करोड ३० लाख रुपैयाँ

  • विद्युत उत्पादन सुरु: २०७९ माघ २७ गतेदेखि

  • साधारण लगानी फिर्ता अवधि: ९.२९ वर्ष

  • डिस्काउन्टमा लगानी फिर्ता अवधि: १८.०१ वर्ष

  • विद्युत उत्पादन अनुमति अवधि बाँकी: २५ वर्ष १ महिना

बिक्री प्रबन्धक

आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

आवेदन दिने तरिका

स्थानीय बासिन्दाहरूले बिक्री प्रबन्धक तथा विभिन्न बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। फाराम लिनका लागि २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सी–आस्वा (C-ASBA) प्रणाली मार्फत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट वा ‘मेरो शेयर’ प्रयोग गरेर अनलाइन आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In