कालिन्चोक हाइड्रोपावरको स्थानीयका लागि आईपीओ आवेदन अवधि चैत १२ गतेसम्म लम्बियो

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि लम्ब्याएको छ। कम्पनीले फागुन १३ गतेदेखि खुला गरेको उक्त आईपीओमा अब चैत १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। यद्यपि, यदि मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै कुनै पनि दिन सूचना प्रकाशित गरी निष्काशन बन्द गर्न सकिने कम्पनीले स्पष्ट पारेको […]

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि लम्ब्याएको छ। कम्पनीले फागुन १३ गतेदेखि खुला गरेको उक्त आईपीओमा अब चैत १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। यद्यपि, यदि मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै कुनै पनि दिन सूचना प्रकाशित गरी निष्काशन बन्द गर्न सकिने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।

उक्त शेयरमा दोलखा जिल्लाको बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीलाई केयर रेटिङ्ग नेपालले CARE-NP Double B Issuer Rating प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरिरहेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब २० करोड रुपैयाँ रहेको छ। यस आयोजनाको प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजना सञ्चालनका लागि प्राप्त विद्युत उत्पादन अनुमतिपत्रको अवधि २९ वर्ष ५ महिना बाँकी रहेको छ।

यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.१९ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १५.३६ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावर कार्यालय, बिगु गाउँपालिका–८, नेपाल बैंक, सिन्धु विकास बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सिङगटी शाखाबाट आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In