कालिन्चोक हाइड्रोपावर लिमिटेड को आईपीओ आजदेखि खुला — स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अवसर

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँ मूल्यको १३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये ५ […]

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत बराबर १३ करोड ७५ लाख रुपैयाँ मूल्यको १३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो। यसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। उक्त शेयरमा दोलखा जिल्लाको बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ८२ लाख ५० हजार रुपैयाँ बराबरको ८२ हजार ५०० कित्ता शेयर श्रम स्वीकृति लिएर विदेशमा कार्यरत नेपालीका लागि निष्काशन गरिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते बन्द हुनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा CARE Ratings Nepal ले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २९ वर्ष ५ महिना बाँकी रहेको कम्पनीले जनाएको छ। यस आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा डिस्काउन्टेड लगानी फिर्ता अवधि १५.३६ वर्ष रहेको छ।

आईपीओको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसहित कम्पनी कार्यालय, बिगु गाउँपालिका, नेपाल बैंक लिमिटेड, सिन्धु विकास बैंक तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड को सिङगटी शाखाबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत वा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड को ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics IPO Click Here Ajna L Stock Market Training MediQ
Trending News
  • No trending articles available

Just In