कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन १७ गते) अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन […]

कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन १७ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ८२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपाल लिमिटेडले कम्पनीलाई ‘केयरएनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ५ मेगावाट क्षमताको साँगु (सोरुन) खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड १४ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि २९ वर्ष ५ महिना बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि ९.१९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता अवधि १५.३६ वर्ष रहेको कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै **सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड**को ‘मेरो शेयर’ सफ्टवेयर प्रयोग गरी अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Stock Market Training
Just In