कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाउने सरकारको निर्णय

काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सरकारले गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको हो। सरकारले घिसिङको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै पटकपटक स्पष्टीकरण माग गरेको थियो। पछिल्लो समय मात्र घिसिङले पाँचौँपटक स्पष्टीकरण दिएका थिए। नौ महिनासम्मको प्रक्रियापछि अन्ततः सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त […]

काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय सरकारले गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको हो।

सरकारले घिसिङको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै पटकपटक स्पष्टीकरण माग गरेको थियो। पछिल्लो समय मात्र घिसिङले पाँचौँपटक स्पष्टीकरण दिएका थिए।

नौ महिनासम्मको प्रक्रियापछि अन्ततः सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय लिएको हो।

सूत्रका अनुसार ऊर्जा मन्त्री दीपक खड्का र घिसिङबीच असोज महिनादेखि सम्बन्धमा तिक्तता देखिएको थियो। पछिल्लो समयमा मन्त्री खड्काले “आफू वा घिसिङमध्ये रोज्नू” भन्ने सन्देश दिएपछि सरकारले घिसिङलाई हटाउने निर्णय लिएको जनाइएको छ।

News Detail Ad 1
Comments

Join the discussion

Share your thoughts to keep the conversation going.

Be the first to comment.

SMS Pack Nepse Data Analytics Super Madi IPO Click Here Ajna L Stock Market Training MediQ
Just In